शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

IGP कार्कीले राम्रो काम गर्ने प्रहरी निरीक्षक पाण्डेलाई गरे सम्मान

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • दाङ। जिल्ला प्रहरी कार्यालय दाङले वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी निरीक्षक रोशनराज पाण्डेयलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गढवा दाङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

    “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” लाई शान्त, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पाण्डेयलाई प्रशंसापत्र प्रदान गरिएको जनाइएको छ ।

    त्यस्तै चैत ७ गते कपिलवस्तु जिल्लामा धार्मिक विवादका कारण संवेदनशील अवस्था सिर्जना भएको समयमा उनले धैर्यता, संयमता तथा विभागीय नीति–निर्देशनअनुसार उच्च जिम्मेवारीका साथ खटिँदै सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम गर्न अनुकरणीय भूमिका खेलेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

    नवनिर्मित भवन उद्घाटनका लागि दाङ आउनु भएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक पाण्डेयलाई उक्त प्रशंसापत्र प्रदान गर्नु भएको हो । प्रहरी निरीक्षक पाण्डेयको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij