SSP सन्तोष सिंह राठौरको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाण्डौद्वारा सञ्चालित Strengthening System to Protect and Uplift Women Project अन्तरगत लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा सञ्चालन भएको ०६ कार्यदिन अवधिको गैर-आवासीय “Gender Responsive Investigation and Communication Skills Orientation” तालिम SSP सन्तोष सिंह राठौरको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै उपस्थित सम्पुर्णमा निर्देशन सम्बोधन गर्नु भएको थियो, तालिम संयोजक प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रममा तालिम केन्द्रका सह – समादेशक, प्रहरी निरीक्षकहरू, नेपाल सरकार महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरवार काठमाण्डौका प्रतिनिधिहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षकवर्गहरु र ३० जना प्रशिक्षार्थीहरु उपस्थिति रहेको थियो ।