शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जानकी नवमीमा राष्ट्रिय बिदा दिन साधुसन्तको माग

  • प्रकाशित मिति : शनिबार, चैत्र २१, २०८२



  • जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरूले वालेन्द्र साह बालेन नेतृत्वको नवगठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।

    शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।

    रामायणकालीन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देशभरी सीता माताको जन्मजयन्ती मनाउनुपर्ने रामानन्दीय वैशणव समाजका अध्यक्ष एवं जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए ।

    उनले वालेद्र साह नेतृत्वको सरकारले हालसम्म उत्कृष्ट काम गर्दै आएकोले जनकपुरधामका साधुसन्त पनि प्रधानमन्त्री बालेनसंग आशावादी रहेको बताए ।

    जानकी नवमीको दिन प्रदेश सरकाले बिदा दिँदै आए पनि प्रदेश सरकारको क्यालेन्डरमा भने बिदा अङ्कित नहुनु दुःखद् रहेको महन्थ दासले बताए ।

    उनले विश्वमा राम सीताको पूजा हुने गरे पनि आफ्नै देशमा माता सीता उपेक्षित हुनु दु:खद् रहेको बताए ।

    प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरसहित अन्य सम्पूर्ण मठ मन्दिरहरूमा जानकी नवमी धूमधामका साथ मनाइने महन्थ दासले जानकारी दिए ।

    उनले यो दिन जानकी मन्दिरमा विशेष पूजा पाठका साथै द्वीप प्रज्वलनलगायत विभिन्न धार्मिक कार्यक्रमहरू हुने बताए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij