शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

हप्तामा दुई दिन बिदा दिने निर्णयले १० प्रतिशत इन्धन खपत कम हुने निगमको अनुमान,सरकारको निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्नेमा जोड

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  • काठमाडौं । हप्तामा दुई दिन बिदा हुँदा करिब १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ ।

    नेपाल आयल निगमले देशभरी दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको जनाएको हो । हप्तामा एक दिन बिदा थपिंदा पेट्रोल र डिजेलको कूल उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने अनुमान छ । तर निगमका प्रवक्ता मनोज ठाकुरले हप्तामा एक दिन बिदा थप्ने निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न करिब एक हप्ता कुर्नुपर्ने बताउनुभयो।

    उहाँले बजारको माग बुझ्न केही समय लाग्ने बताउनुभएको छ । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । बिदा पाइयो भनेर घुम्न नजान समेत उहाँको आग्रह छ । आइतबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको थियो । यसअघि पनि यस्तै निर्णय भएको थियो । २०७९ सालमा तत्कालीन सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि अव्यावहारिक भएको भन्दै विरोध भएपछि एक महिनामै थप बिदा दिने निर्णय खारेज भएको थियो ।

    त्यस्तै, २०५६ देखि पनि हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास शुरु भएको थियो । तर त्यो निर्णय दुई वर्ष मात्र लागू भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij