शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

इरानले हर्मुज जलमार्ग खोल्नका लागि नयाँ सर्त अघि सार्यो

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  • एजेन्सी । इरानले हर्मुज जलमार्ग खोल्नका लागि नयाँ सर्त अघि सारेको छ ।

    इरानले जलमार्गबाट संकलन हुने ट्रान्जिट शुल्कको केही हिस्सा युद्धबाट भएको क्षतिपूर्तिमा प्रयोग गरिनुपर्ने शर्त अघि सारेको बीबीसीले जनाएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै इरानले मध्यपूर्व क्षेत्रमा तनाव र युद्ध भड्काएको आरोप लगाएको छ । इरानले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक र आधारहीन समेत भन्दै आपत्ति जनाएको हो ।

    यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी सञ्चारमाध्यम फोक्स न्यूजसँग कुरा गर्दै इरानसँग सम्झौताको सम्भावना अझै बाँकी रहेको बताउनुभएको छ । यसअघि उहाँले ४८ घण्टाको समयसीमा दिँदै सोही अवधिभित्र सहमति नभए कडा कदम चाल्ने चेतावनी समेत दिनुभएको थियो । राष्ट्रपति ट्रम्पको चेतावनीमा तेल नियन्त्रणदेखि ठूला आक्रमणसम्म हुन सक्ने संकेत देखिएको उल्लेख छ ।

    इरानको नयाँ शर्त र अमेरिकी चेतावनीको समयसीमा सोमबार सकिंदै गरेकाले पश्चिम एशियामा जारी युद्धको बारेको नयाँ घटनाक्रम विकसित हुने अनुमान गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij