शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकपमा ओलम्पिक जिम्न्यास्टिक च्याम्पियन पेट्रोनियासको जित

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०८२



  • काठमाडाैं । कायरोमा भएको आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकप फाइनलको उद्घाटन खेलमा ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा स्वर्ण पदक जितेका छन्।

    पुरुष र महिलाका पाँच वटा स्वर्ण पदकको निर्णय भएको थियो । ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा आफ्नो अनुभव प्रदर्शन गर्दै स्वर्ण सुरक्षित गरेका छन् । त्यसपछि आर्मेनियाका आर्टुर एभेटिस्यानले रजत र चीनका युवा जिम्न्यास्ट लिउ याङले कास्य पदक जितेका हुन्।

    पेट्रोनियासले कायरोमा प्रतिष्पर्धा गर्न अन्तिम समयमा मांसपेशी बाउँडिने समस्यालाई जितेको बताएका हुन् । उनले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको तर भविष्यमा अझ उच्च स्कोर ल्याउने लक्ष्य राखेको बताएका हुन् । उनले आफ्नो दीर्घकालीन लक्ष्य ओलम्पिक मञ्च नै रहेको बताए ।

    अप्रिल ३ देखि ६ सम्म आयोजित २०२६ आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकपले ३० भन्दा बढी देश र क्षेत्रका दर्जनौं जिम्न्यास्टहरूलाई कायरो इन्टरनेशनल स्टेडियमको इन्डोर हल परिसरमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij