शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सरकारले भारत र अस्ट्रेलियासहित ६ देशमा खटिएका राजदूतलाई बाेलायाे फिर्ता

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०८२



  • काठमाडाैं । सरकारले विभिन्न ६ देशमा खटिएका नेपाली राजदूतहरुलाई फिर्ता बोलाएको छ ।

    गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हाे । सोही आधारमा परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र फर्कन भन्दै साेमबार पत्र पठाएको छ । यसअघिको सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त गरेका भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाइएको हो ।

    राजनीतिक कोटामा राजदूत नियुक्त भई चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रका) र पूर्णबहादुर नेपाली (श्रीलंका)मा कार्यरत रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij