प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०८२
बिनिता शर्मा,काठमाडौ ।प्रहरीले रोल्पामा ठूलो मात्रामा अबैध अफिम खेती नष्ट गरेको छ ।


रोल्पाको थवाङ गाउँपालिकाका, विभिन्न वडाहरुमा वडा नम्बर ४ र ५ को गुँरासे,जातकी,थर्पू,घोराबाङ,लुयाङ लगायतका विभिन्न स्थानहरु गरि करिव ४२ रोपनी पाखाका जग्गाहरुमा अवैध तरिकाले लगाईएको अफिम खेति प्रहरीले नष्ट गरेको हो।



जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख प्रमुख जिल्ला अधिकारी {CDO} गंगा बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान बिभाग रोल्पाका DSP दिनेश पोख्रेल , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख DSP विरेन्द्र वीर विश्वकर्माको कमाण्डमा २० जना,इलाका प्रहरी कार्यालय थबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमाण्डमा ११ जना र सशष्त्र प्रहरी बल नेपाल रोल्पाका DSP जितेन्द्र पाण्डेको कमाण्डमा १० जनाको संयुक्त टोलीले सो अफिम खेती नष्ट गरेको हो।



अफिम नष्ट गरिएको स्थान सदरमुकाम लिवाङ देखि करिब ८० किलोमीटर उत्तरमा रहेकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख DSP बिरेन्द्र वीर बिश्वकर्माले जानकारी दिनुभयो
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij