शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

हनिट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीलाई अदालतले दियो सफाइ

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२



  • काठमाडौं । ललितपुरको चर्चित ‘भैंसेपाटी हनिट्र्याप काण्ड’मा जोडिएकी प्रहरी इन्स्पेक्टर बिनुकुमारी शाहीले अन्ततः अदालतबाट सफाइ पाएकी छन्।

    मंगलबार ललितपुर जिल्ला अदालतले उनलाई आरोपबाट मुक्त गर्ने फैसला सुनाएको हो।

    यसै मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लाम भने दोषी ठहर भएका छन्। स्रोतका अनुसार उनलाई कैद सजाय सुनाइएको छ, यद्यपि सजायको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

    यो प्रकरण त्यतिबेला सार्वजनिक भएको थियो, जब ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा कार्यरत रहँदा इन्स्पेक्टर शाहीमाथि एक घरजग्गा कारोबारीलाई ‘हनिट्र्याप’मा पारेर आर्थिक लेनदेन गरेको आरोप लागेको थियो।

    घटनापछि केन्द्रीय अनुसन्धान ब्युरोले शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

    यसअघि, २०८१ पुस ८ गते अदालतले शाहीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सोही घटनाका कारण उनी प्रहरी सेवाबाट निलम्बनमा परेकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij