शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

देउवा दम्पतीको पक्राउ पुर्जीमा दोधार : स्रोत भन्छ -जारी भइसक्यो, महानिर्देशकको दाबी -‘प्रक्रिया नै चलिरहेको छ’

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२



  • काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आधिकारिक र अनौपचारिक स्रोतबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्।

    गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपाल बाहिर रहेकाले कार्यान्वयन हुन सकेको छैन।

    यसअघि विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर स्वयं बिहान करिब ९ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर देउवा दम्पतीको नागरिकतालगायत विवरण संकलन गरेका थिए। स्रोतका अनुसार विवरण भेरिफाइ गरेलगत्तै पक्राउ पुर्जीका लागि प्रक्रिया अघि बढाइएको हो।

    नागरिकतालगायत विवरणहरू भेरिफाइका लागि आउनुभएको थियो, विवरण लिएर जानुभयो, स्रोतले भन्यो।

    तर महानिर्देशक ठाकुरले भने पक्राउ पुर्जी लिइसकेको भन्ने विषय अस्वीकार गरेका छन्। “नियमित अनुसन्धानकै प्रक्रिया हो, पुर्जी लिएको छैन,” उनले प्रशासनसँग बताए ।

    हाल देउवा दम्पती विदेशमा रहेका छन्। २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरू त्यहाँबाट हङकङतर्फ गएको समाचार सार्वजनिक भएको थियो।

    यसअघि जेन जेड आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको तथा बुढानीलकण्ठ स्थित निवासमा आगजनी हुँदा जलेका नगद फेला परेको विषय सार्वजनिक भएको थियो। सोही घटनापछि विभागले स्थलगत मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij