शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

छ हजार लिटर अवैध मदिरा नष्ट

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२



  • हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करिब छ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ ।

    हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका-१८स्थित शिवम् सिमेन्ट नजिक रहेको एक कारखानाबाट करिब छ हजार लिटर अवैध लोकल मदिरा बरामद गरी नष्ट गरेको हो ।

    प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर ठूलोदमार र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेर चेकजाँच गरेको थियो ।

    सो क्रममा उक्त क्षेत्रमा अवैध रूपमा लोकल मदिरा उत्पादन भइरहेको कारखाना फेला परेको हो । कारखानामा ठुलो परिमाणमा मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बरामद गरिएको करिब ६ हजार लिटर मदिरा तत्कालै डिस्पोज (नष्ट) गरिएको जानकारी दिए ।

    उनका अनुसार उक्त मदिरा गुणस्तरहीन र मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएकाले नष्ट गरिएको हो ।

    सोही कारखानामा कार्यरत तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

    एसपी खत्रीका अनुसार ‘अपरेसन ड्रप’ अन्तर्गत जिल्लाभरि अवैध गतिविधि, गुण्डागर्दी, ठगी, लागुऔषध कारोबार तथा समाजमा अशान्ति फैलाउने कार्यहरूलाई नियन्त्रण गर्न कडा निगरानी बढाइएको छ ।

    पछिल्लो समय प्रहरीले विभिन्न स्थानमा छापा मार्दै अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा अन्य गैर कानुनी क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि कारबाहीलाई तीव्र बनाएको छ ।

    स्थानीय स्तरमा लुकिछिपी सञ्चालन हुँदै आएका यस्ता अवैध उद्योगहरूले एकातर्फ राज्यलाई राजस्वमा नोक्सानी पु¥याउने मात्र होइन, अर्कोतर्फ सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने खतरा रहने प्रहरीको भनाइ छ ।

    त्यसैले यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले समुदायसँग सहकार्य गर्दै सूचनाको आदानप्रदानलाई समेत प्राथमिकता दिएको जनाएको छ । प्रहरीले नागरिकहरूलाई अवैध गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ।

    ‘अपरेसन ड्रप’ लाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता अवैध कार्यविरुद्ध कठोर कारबाही जारी रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij