शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेपालमा आज जन-आन्दोलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२



  • काठमाडाैं । नेपालमा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।

    देशमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिएको हाे । २०४६ साल चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्था अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले शुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ साल चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहितको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती शाषन ढलेको थियो ।

    सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन सुरु गरिएको थियो । तात्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नुभएको थियो ।

    त्यसयता माओवादी विद्रोह, २०६२/६३ को दोस्रो जनआन्दोलन, मेधश आन्दोलन,गत भदौं २३-२४ गतेको जेनजी विद्रोहपछि देशको राजनीतिक-शासकीय संरचनामा ब्यापक फेरबदल र सुधार गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij