शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

इजरायली सेनाले लेबनानमा भीषण हवाई आक्रमण गर्दा १ सय ८२ जनाको निधन, ९ सय घाइते

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२



  • एजन्सी । इजरायली सेनाले लेबनानमा भीषण हवाई आक्रमण गर्दा करिब १ सय ८२ जनाको मृत्यु भएको छ ।

    लेबनानका एक सय भन्दा बढी निशानामा इजरायलले १० मिनेटको अन्तरालमा एक साथ आक्रमण गरेको हाे। इजरायली आक्रमणमा परी अन्य ९ सय जना घाइते भएका छन् । इरान र अमेरिकाबीच युद्धविराम भएपनि लेबनानमा सशस्त्र समूह हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ ।

    लेबनानमा हमला सुरु भएयताकै भीषण कारबाही बुधबार इजरायलले गरेको हो । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर, दक्षिणी लेबनान र पूर्वी बेका उपत्यकालाई इजरायलले लक्षित गरेको थियो । एक महिनाभन्दा लामो समयदेखि लेबनानमा जारी इजरायली आक्रमणमा करिब १ सय ३० बालबालिकासहित एक हजार ७ सय भन्दा बढीकाे मृत्यु भएकाे हाे।

    युद्धबाट १२ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij