प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
प्यूठान, बाढी पीडितका लागि राहत वितरण गर्ने कार्य घटना घटेको ३ दिनपछि थालिएको छ । घटनाबाट आकुलव्याकुल बनेको पीडितहरुलाई समयमै राहत वितरण गर्ने कार्यमा तदारुकता देखाउन नसक्दा कतिपय विरामी, वेहोस र छटपटिएका खबरहरु आइरहेका छन् । जिल्लामा भएको विपद्को विषयलाई लिएर बुधबार बिहान मात्र जिल्ला प्रशासन कार्यालय प्युठानमा सर्वपक्षीय बैठक बसी राहत सामान लिएर उद्दार टोली बाढी पीडित गाउँहरुमा गएको बताइ पनि आम पीडित परिवारको घरमा अझैँ पुग्न नसकेको देखिन्छ । विहिवार प्राप्त पछिल्लो जानकारीअनुसार उद्योग वाणिज्य संघ र गैर–सरकारी संस्था महासंघले खाद्यान्न, जिल्ला रेडक्रस प्युठान शाखाले अखाद्य वस्तु तथा भाडा र लता कपडा, जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयले राहत रकम प्रदान गरेको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । हालसम्म ३८ घर परिवारलाई प्रति घर परिवार नगद ८ हजारसहित लत्ता कपडा, एक एक थान त्रिपाल र केही मसलन्द सामग्री वितरण गरेको छ । राहत पाउनेहरुमा फोप्ली ३ निवासी छिमा पुन, बेली पुन, बालाराम पुन, झविन्द्र पुन, सेमी पुन फोप्ली ४ बस्ने रामु घर्ती, अंगत घर्ती, दिन बहादुर घर्ती, डिला विक, फोप्ली ५ बस्ने चन्द्र कामी, नन्दे कामी, सुमिता कामी, सुवर्णे कामी, रजे कामी, गोपी सुनार, भाइरते चुँदारा, दुजमान चुँदारा, इश्वरी विक, पुरण पुन रहेका छन् । बाढी पहिरोमा परी परिवार तथा आफन्त गुमाएका फोप्ली ६ बस्ने बुद्धि विक, देव बहादुर केसी, नितेस केसी, रमेश केसी र गोर बहादुर बुढाथोकीलाई राहत दिइएको छ । राहत पाउनेहरु लुङ ६ बस्ने लक्ष्मण रिजाल र भुवनेश्यर न्यौपाने रहेका छन् । लुङ ६ बाहाने बस्दै आएकी मृतक शोभा रिजाल र खवाङ ३ वस्ने दविले सुनारको राहत सामग्री इलाका प्रहरी चौकी बाहानेमा राखिएको छ । त्यस्तै जिल्लाको उत्तरी क्षेत्र रजवारा ३ निवासी खिम बहादुर मल्ल, रजवारा ४ का चेत बहादुर बुढा, खुङ २ का कृष्ण बहादुर हमाल, भीमा गिरी खुङ, खुङ ६ निवासी लिला बहादुर केसी र पुजा ७ बस्ने बसन्ता के सी, सुमा गिरी, खिमा गिरी, निमानन्द उपाध्याय र जाल बहादुर विकलाई पनि राहत सामग्री वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनले जानकारी दिए । बाढी पहिरोबाट घरवार विहिन भएकाहरुले रातह वितरणमा ढिलाई भएको गुनासो गरेका छन् । शुक्रबार राहत वितरणका लागि दाङबाट आएको हेलिकप्टरमा नेपाल आर्मी टोलीले फोप्लीमा गइ १० पोका राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जनाए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij