शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब र पुलिस क्लब विजयी

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०८२



  • काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

    जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १ सय ५१ रनको लक्ष्य आर्मीले २० ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । आर्मीका विनोद भण्डारीले १ सय रन बनाए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिएका छन्।

    यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३८ ओभर १ बलमा १ सय ५० रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका नारायण जोशीले ६३ रन बनाए । आर्मीका बसिर अहमदले ५ विकेट लिएका थिए ।

    योसँगै आर्मी ७ खेलमा ६ जितसहित १३ अङ्क जोडर तालिकाको शीर्ष स्थानमा यथावत् छ । सुदूरपश्चिम ८ खेलमा ५ जीतसहित १० अङ्कसहित दोस्रो स्थानमा रहेको हो ।

    त्यस्तै, वीरगञ्जमा बिहीबारै भएको अर्को खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको छ । पुलिसले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५ ओभर २ बलमा २ सय १३ रन बनाउँदा अलआउट भयो । कर्णालीका अर्जुन घर्तीले ४६ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिएका थिए।

    यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । पुलिसका दिनेश खरेलले ८२ रन बनाए । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिएका छन् ।

    योसँगै पुलिस ७ खेलमा ४ जीतसहित ९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । कर्णाली ८ खेलमा १ जित र १ बराबरीसँगै ३ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij