शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तुलसीपुरमा सासु सशुरालाई राम्रो हेरचाह गर्ने ४४ जना बुहारी सम्मान

  • प्रकाशित मिति : शनिबार, चैत्र २८, २०८२



  • दाङ।  दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा ज्येष्ठ नागरिक र सासु सशुरालाई सम्मान गर्ने महिलालाई सम्मान गरिएको छ । वडा कार्यालयको आयोजनामा आज एक कार्यक्रमका बिच ९० जना ज्येष्ठ नागरिक र ४४ जना महिलालाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै तुलसीपुरका मेयर टिकाराम खड्काले सासु सशुरालाई राम्रो हेरचाह गर्ने बहारीलाई सम्मान गर्ने अभियान तुलसीपुरबाट सुरु भएको बताउनुभयो । कार्याक्रमका प्रमुख अथितीसमेत रहेका मेयर खड्काले देशभरका स्थानियतहको लागी यो सिकाईको बिषय भएको बताउनुभयो ।

    यसैगरी बुहारीहरुले पनि सकारात्मक सोचको विकास गर्न यो कार्यक्रमले महत्वपुण भुमिका खेल्ने भन्दै अब कोही पनि आमाबुबाहरु छोरा बुहारीबाट पिडित हुन नपर्ने बताउनुभयो ।  यसैगरी कार्यक्रममा तुलसीपुर–११ का वडाअध्यक्ष मान बहादुर रावतले राम्रो कर्म गर्नेलाई एकदिन अवस्य कर्मको फल मिल्ने बताउनुभयो । अब सब्य समाज निर्माणमा सबैले आआफ्नो ठाउँबाट प्रेम र मित्रवत व्यवहार गर्नुपर्ने बताउनुभयो ।

    समाजमा उल्लेखनीय योगदान पु¥याएका ज्येष्ठ नागरिक तथा महिलाहरूलाई सम्मान गर्दै उनीहरूको अनुभव, योगदान र भूमिकाको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तिहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । वक्ताहरूले ज्येष्ठ नागरिकहरूको अनुभव र महिलाहरूको सक्रिय योगदान समाज विकासका लागि महत्वपूर्ण हुने बताएका थिए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सम्मान संस्कृतिको विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । कार्यक्रमको सहकजीकरण वडा सचिव पदम कुमार भण्डारीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij