शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अमेरिका आफैँले स्ट्रेट अफ होर्मुज सञ्चालनमा ल्याउने ट्रम्पको दाबी

  • प्रकाशित मिति : शनिबार, चैत्र २८, २०८२



  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने दाबी गरेका छन् । इरानको प्रभावकारी नाकाबन्दीका बीच उनले इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैँले यो मार्ग सञ्चालनमा ल्याउने बताएका हुन् ।

    शुक्रबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच पाकिस्तानमा हुने शान्ति वार्ताअघि गल्फ क्षेत्र खोल्ने तयारी भइरहेको बताएको अल जजिराले जनाएको छ । उनले यो प्रक्रिया सहज नहुने स्वीकार्दै अन्य देशहरू पनि सहयोगका लागि तयार रहेको उल्लेख गरे ।

    इरानले स्ट्रेट अफ होर्मुजबाट निस्कने जहाजबाट शुल्क उठाउने योजना बनाएको विषयमा ट्रम्पले कडा प्रतिक्रिया दिँदै ‘त्यो हुन दिइने छैन’ भनेका छन् । उनले कुनै पनि सम्झौतामा इरानसँग ‘परमाणु हतियार नहुने’ मुख्य सर्त हुने स्पष्ट पारे ।

    युद्धविराम घोषणा भए पनि होर्मुजमा जहाज आवागमन ठप्पजस्तै छ, जसले विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्तिमा अवरोध पुर्‍याएको छ । सयौँ जहाजहरू अझै पनि खाडी क्षेत्रमा अलपत्र परेका छन् ।

    शनिबार इस्लामावादमा अमेरिका र इरानबीच वार्ता हुने तय भएको छ, जसले दीर्घकालीन शान्ति स्थापनामा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij