शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ईन्धन मूल्यवृद्धिमा सरकार मौन छ : केन्द्रिय सदस्य पाण्डे

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • तुलसीपुर । नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले ईन्धनको लगातार मूल्यवृद्धिले जनताको ढाड सेकिरहेको अवस्थामा समेत वर्तमान सरकार मौन बसेको आरोप लगाउनुभएको छ।तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुखसमेत रहनुभएका पाण्डेले अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपाल सहित विभिन्न देश प्रभावित भए पनि छिमेकी भारतमा समेत नेपाल भन्दा सस्तो दरमा ईन्धन उपलब्ध भईरहेको बताउनुभयो।

    उहाले दक्षिण एसियामै नेपाली बजारमा ईन्धनको मूल्य महँगो रहेको उल्लेख गर्दै यस बारे बर्तमान सरकारले कुनै कदम नदेखाएको बताउनुभयो ।नेकपा एमाले तुलसीपुर नगर कमिटीको आज तुलसीपुरको पार्टी कार्यालयमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले जनताको दैनिक जीवन संग जोडिएको महंगीले प्रभावित हुँदा पनि सरकारले कुनै ठोस कदम नचालेको आरोप लगाउनुभयो। जनता महंगीको समस्यामा पर्दा सरकार मुखदर्शक बनेको उहाले बताउनुभयो ।

    नगर कमिटी अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाण्डेले एमाले सधैं जनता, राष्ट्रियता र स्वाधीनताको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्नुभयो। साथै पार्टीलाई अझ सशक्त रूपमा जनतामाझ लैजाने र सरकारका जनविपरीत गतिविधिविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै जनपक्षीय काममा सक्रिय रहन निर्देशन दिनुभयो। पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन श्रम, उत्पादन, सामाजिक विकास र उद्यमशीलतामा केन्द्रित हुन समेत उहाले आग्रह गर्नुभयो।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष हुकुम बस्नेत, लुम्बिनी प्रदेश कमिटी सदस्य रामजी चौधरी -मिलन), जिल्ला कमिटी सचिव श्याम डाँगी र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी लगायतले बोल्नु भएको थियो।सो अवसरमा विभिन्न वडा कमिटीहरूले आफ्ना गुनासा तथा सुझावहरू प्रस्तुत गरेका थिए। नगर कमिटी उपाध्यक्ष लक्ष्मण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण नगर सचिव जितबहादुर खड्काले गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij