शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाकिस्तानमा इरान र अमेरिकाबीचको वार्ता सकियो, के भयो सहमति ?

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • एजेन्सी । पाकिस्तानको इस्लामाबादमा इरान र अमेरिकाबीच झन्डै १४ घण्टा लामो ऐतिहासिक वार्ता सम्पन्न भएको छ ।

    शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा चलेको छलफलले दशकौँदेखिको तनावबीच नयाँ कूटनीतिक सम्भावनाको संकेत दिएको छ।

    इरानी पक्षका अनुसार केही महत्वपूर्ण विषयमा अझै मतभेद कायम रहे पनि वार्ता रोकिएको छैन। दुवै पक्षले संवादलाई निरन्तरता दिने सहमति जनाएका छन्, तर अर्को चरण कहिले बस्ने भन्ने अझै टुंगो लागेको छैन। वार्ता आइतबार पनि जारी रहने संकेत दिएको छ ।

    वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद् सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् ।

    उच्च तहका यी नेताहरूको प्रत्यक्ष सहभागिताले वार्ताको गम्भीरता र महत्व झल्काएको छ।

    छलफलका क्रममा इरानले लेबनानमा भइरहेको इजरायलको आक्रमण तत्काल रोक्नुपर्ने माग अघि सारेको छ, जसले क्षेत्रीय सुरक्षालाई वार्ताको केन्द्रमा राखेको देखिन्छ।

    यो वार्ता इरानी इस्लामिक क्रान्ति (१९७९) पछि अमेरिकासँग भएको सबैभन्दा उच्चस्तरीय प्रत्यक्ष संवाद मानिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij