शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ट्राफिकको ‘सरप्राइज चेकिङ’, एकैदिन सय भन्दा बढी सवारी चालक कारबाहीमा

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का  क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ ।

    उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

    त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती उल्लङ्घन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९४ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    उनले भने, “मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔँ । अकालमै ज्यान जानबाट जोगिऔँ।”

    यदि चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि उनले आग्रह गरे

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij