शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

केपी ओलीको पित्तथैलीको शल्यक्रिया सफल

  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०८२



  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको छ ।

    ओलीको सचिवालयका अनुसार महराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले शफलतापूर्वक पित्तथैलीको शल्यक्रिया गरेका हुन् ।

    ओलीको पित्तथैलीमा २२ एम.एम.को पत्थरी देखिएको थियो । ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।

    गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री ओली चैत १४ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । चैत २६ गते हाजिरी जमानीमा रिहा भएपनि उहाँ अस्पतालमै उपचाररत हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij