शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

हैदराबादको सानदार जित: राजस्थानको अपराजित यात्रामा पूर्णविराम

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १, २०८३



  • काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २१ औँ खेलमा सनराइजर्स हैदराबादले अपराजित रहेको राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रनको विशाल योगफल खडा गरेको थियो।

    हैदराबादका लागि कप्तान इशान किशनले विस्फोटक ब्याटिङ गर्दै मात्र ४४ बलमा ८ चौका र ६ छक्काको मद्दतले ९१ रनको कप्तानी इनिङ खेले। त्यस्तै हेनरिक क्लासेनले ४० रन र नितिश कुमार रेड्डीले २८ रन जोडेपछि हैदराबादले चुनौतीपूर्ण लक्ष्य तय गरेको थियो। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिएका थिए।

    २१७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानको सुरुवात निकै खराब रह्यो। हैदराबादका डेब्यु खेलाडी प्रफुल हिन्जले घातक बलिङ गर्दै पहिलो ओभरमै ३ विकेट लिएपछि राजस्थानको ब्याटिङ लाइनअप धर्मराएको थियो। राजस्थान ९ रनमा ५ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो।

    मध्यक्रममा डोनोभन फरेरा (६९ रन) र रविन्द्र जडेजा (४५ रन) ले ११८ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। राजस्थानले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो।

    हैदराबादका लागि डेब्युटेन्ट बलरहरू प्रफुल हिन्ज र सकिब हुसेनले घातक बलिङ गर्दै समान ४–४ विकेट लिए। खेलको ‘प्लेयर अफ द म्याच’ प्रफुल हिन्ज घोषित भए। यो हारसँगै राजस्थानले सिजनको पहिलो पराजय भोगेको छ भने हैदराबादले आफ्नो दोस्रो जित दर्ता गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij