शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • प्रकाशित मिति : बुधबार, बैशाख २, २०८३



  • काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस का नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।

    उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले हालकै अवस्थामा थुनामा राख्न आदेश दिएको हो।

    रिटमाथि आज वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मी ले बहस गरेका थिए। त्यस्तै, सञ्जिवराज रेग्मी र दशरथ पंगेनी ले पनि सरकारी पक्षबाट बहस गरेका थिए।

    अदालतले मुद्दाको अर्को पेसी ९ वैशाखका लागि तोक्दै निवेदकलाई हालकै अवस्थामा राख्न विपक्षीका नाममा आदेश जारी गरेको छ।

    खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका उनलाई जेनजी आन्दोलनसँग सम्बन्धित घटनापछि घरमा फेला परेको रकमको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुधन गुरुङ ले बताएका थिए।

    उक्त प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। खड्काको घरमा आगजनीपछि जलेका नेपाली तथा विदेशी नोटका टुक्रा र खरानी संकलन गरिएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीले घरमा तोडफोड र आगजनी गरेका थिए भने जलेका नोटका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij