शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दीपक भट्टको घरबाट १० विलासी गाडी नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, बैशाख २, २०८३



  • काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ ।

    प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो ।

    विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ । लामो समयदेखिको अनुसन्धानपछि प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० ओटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएका गाडीहरूमा रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी लगायतका रहेका छन् । यसका साथै, त्यहाँबाट मोबाइल फोन, कम्प्यूटर, महत्वपूर्ण कागजात र सीसीटीभी सर्भरसमेत जफत गरिएको विभागले जनाएको छ ।

    भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा समेत विभागले छापा मारेको छ । त्यहाँबाट अनुसन्धानका लागि आवश्यक डिजिटल सामग्री र कागजातहरू नियन्त्रणमा लिइएको छ ।

    यसैगरी, अग्रवालसँग सम्बन्धित कार्यालयहरूबाट ल्यापटप र सीसीटीभी फुटेज बरामद गरिएको छ भने भट्टका वित्तीय व्यवस्थापक भनिएका उपेन्द्र हिरावतको घरमा पनि छानबिन गरिएको स्रोतले जनाएको छ ।

    विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनका विषयमा गम्भीर आशंका व्यक्त गरेको छ ।

    विभागका एक उच्च अधिकारीका अनुसार, नेपालभित्रका आर्थिक स्रोतहरू अग्रवालको नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) मा रहेका स्रोतहरू भट्टको नाममा परिचालन भएको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ । जफत गरिएका सामग्रीहरूको विश्लेषणपछि थप तथ्यहरू खुल्ने विभागको भनाइ छ ।

    भट्ट र अग्रवाल विगत दुई सातादेखि प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ ।

    काठमाडौँ जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij