शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रश्नको घेरामा बालेन सरकार, गठनको एक महिना नहुँदै किन गयो दुई मन्त्रीको पद ?

  • प्रकाशित मिति : बुधबार, बैशाख ९, २०८३



  • काठमाडौँ । नेपालमा बहुदल आएपछिको सबैभन्दा शक्तिशाली वालेन्द्र साह बालेन नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै शंकाको घेरामा फसेको छ ।

    गत चैत १३ गते गठन भएको बालेन सरकारका  दुई मन्त्रीको एक महिना पनि नपुग्दै पद गएको हो । गत चैत २६ गते तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई बालेनले बर्खास्त गरेका थिए ।

    आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाएपछि उनलाई बालेनले हटाएका थिए । यतिसम्मकि बालेनले स्पष्टीकरणको मौकासमेत नदिइ साहलाई बर्खास्त गरेका थिए ।

    उनलाई हटाएपछि आफ्नो कारण मन्त्रीबाट हटाइएको र आफू पहिलेदेखि नै बिमा बोर्डमा रहेको भन्दै  उनकी पत्नीले आपत्ति जनाएकी थिइन् ।

    बुधबार वैशाख ९ गतेमात्रै गृहमन्त्री सुधन गुरुङको पद गएको छ । गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा दुई माइक्रो इन्स्योरेन्स कम्पनीको ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयरबारे उल्लेख गरेका थिएनन् ।

    त्यतिमात्र होइन उनी विवादित व्यवसायी दीपक भट्टसँग साझेदार रहेको देखिएको भन्दै चौतर्फी विरोधसमेत भइरहेकै छ । यसले गर्दा नैतिकतालाई अगाडि सारेर उनले राजीनामा दिएको बताएका छन् ।

    जबकि उनले स्पष्टीकरण दिँदासमेत उक्त शेयर बारे उल्लेख गरेका थिएनन् ।

    बालेन सरकारले एक महिना नहुँदै दुई मन्त्रीलाई गुमाउनु पर्दा प्रश्नको घेरामा परेको छ ।

    अझ बालेन सरकार टिमका मन्त्रीहरूको सम्पत्ति कल्पना गरेभन्दा निकै नै फरक देखिएपछि थप शंकाको घेरामा परेका छन् । उनीहरूले सम्पत्तिको स्रोतसमेत नदेखाएसँगै शंकाको घेरामा परेका हुन् ।

    अब पनि मन्त्रीहरूले सम्पत्तिको स्रोत देखाएनन् भने पटक पटक मन्त्री फेरिनुपर्ने देखिएको छ ।

    राजनीतिक विश्लेषकहरू यी दुई घटनालाई शुरूआती चरणका रूपमा लिएका छन् । रास्वपाका सभापति रवि लामिछानेले राइट टु रिकल अर्थात् फिर्ता बोलाउने अधिकार रहेको उल्लेख गर्दै खोलाका फरक माछालाई हटाउँछन् कि के गर्छन् भन्ने प्रश्न खडा भएको छ ।

    उनले दीपककुमार साहलाई हटाउँदा स्पष्टीकरण कुरेनन् तर सुधन गुरुङको हकमा यतिधेरै विरोध हुँदासमेत ‘उहाँले स्पष्टीकरण दिनुभएको छ हामीले हेर्दैछौँ’ मात्र भनेर विषयान्तर गर्न खोजेका थिए ।

    प्रधानमन्त्री बालेनले भने अहिलेसम्म राष्ट्रका नाममा सम्बोधन नै गरेका छैनन् । उनले संसदमा समेत सम्बोधन गरेनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij