शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कांग्रेसका विभिन्न तीन समितिको बैठक आज बस्दै

  • प्रकाशित मिति : सोमवार, बैशाख १४, २०८३



  • काठमाडाैं । नेपाली कांग्रेसका विभिन्न तीन वटा समितिको बैठक साेमार बस्दैछ ।

    प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा समेत संसदीय दलको नेता चयन गर्न नसकेर आलोचित बनेको कांग्रेसमा साेमबार तीन छुट्टाछुट्टै बैठक बस्न लागेको हो । साेमबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।

    कार्यसम्पादन समितिको बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएकाे हाे । दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची तय भएको छ । त्यस्तै, साेमबार दिउँसो २ बजे पार्टी केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने भएकाे हाे । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक/प्रस्तावकहरूविरुद्ध परेका उजुरीमाथि छलफल हुने कांग्रेसका एक नेताले बताएका छन् ।

    त्यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा बैठकले निर्णय गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij