शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

४० बन्डल नक्कली नोटसहित ६ जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, बैशाख १४, २०८३



  • काठमाडौं । नक्कली नोटको बन्डलसहित ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका–०७ बस्ने बलबहादुर तामाङ र पूर्णमाया तामाङको छोरा २६ वर्षीय योगबहादुर तामाङ, उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, उदयपुर घर भई काठमाडौंको दक्षिणकाली बस्ने ३६ वर्षीय भविन्द्रकुमार तामाङ रहेका छन् ।

    यसैगरी पक्राउ पर्नेमा अर्का चितवनको रत्ननगर गाउँपालिका–५ घर भएका ३४ वर्षीय प्रवीण महतो, रौतहटको गुजरा नगरपालिका–१ घर भएका २८ वर्षीय मुना धामी र चितवनको कालिका नगरपालिका–५ घर ३८ वर्षीय सत्यनारायण चौधरी छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले उनीहरूलाई ४० बन्डल नक्कली नोटसहित पक्राउ गरेको हो ।

    अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूको साथबाट बा.प्र.०१ ०३२ च ७३१२ नम्बरको एउटा ईभी मिनी हायस र एक बा ४७ प ५४११ नं.को २२० सी.सी.को पल्सर मोटरसाइकल समेत बरामद भएको छ ।

    प्रारम्भिकका क्रममा उनीहरूले नक्कली पैसासँग सक्कली पैसा साट्ने गरेको पाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij