शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सुकुम्वासी बस्तीको विवरण संकलनबारे सेनाको प्रष्टोक्ति

  • प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३



  • काठमाडौं । नेपाली सेनाले विपद् पूर्व तयारीका लागि सुकुम्वासी बस्तीको विवरण माग गरिएको स्पष्ट पारेको छ ।

    सैनिक मुख्यालय जंगी अड्डाले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षतिको न्यूनिकरणका लागि विवरण संकलनको काम भएको जानकारी गराएको हो ।

    सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेपाली सेनाले सुकुम्वासीहरुको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरु प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा उक्त प्रष्टीकरण दिएको हो ।

    विज्ञप्तिमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उद्धेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij