शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

ठेक्का ह्याक गर्ने ठेकेदाहरु को-को पक्राउ ?

  • प्रकाशित मिति : बिहिबार, बैशाख १७, २०८३



  • काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी ठेक्काको अनलाइन प्रणाली नियन्त्रणमा लिएर ठेक्का नै हेरफेर गर्ने १३ जना पक्राउ परेका छन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच पु¥याउने ह्याकरको सहयोगमा ठेक्काको कागजातमै फेवदल गर्ने कालिका कन्स्ट्रक्सन सञ्चालक एवं पूर्व मन्त्री विक्रम पाण्डे सहित ९ वटा निर्माण व्यवसायी कम्पनीका संचालकहरु पक्राउ परेका हुन् ।

    सीआइबीले विशेष सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइनबाट खुल्ने ठेक्का सम्बन्धी सूचना सम्बन्धित कम्प निका सञ्चालकले मात्रै पाउने व्यवस्था छ  । तर ह्याकरले उक्त कार्यालयको वेबसाइटमै पहुँच पु¥याउने र कसले कति रकमको आवेदन दिएको छ भन्ने जानकारी लिएर मिलेमतो गर्ने निर्माण कम्पनीको कागजातै फेरबदल गरिदिने गरेको खुलेको छ ।

    अहिले सम्म ह्याकर दिवाकर र उनको सहयोगमा ह्याक गरेर ठेक्का लिने सोली थुम्का निर्माण सेवा प्रालिका सञ्जय भट्ट, हाम्रो कटुवाल कन्स्ट्रक्सनका सागर कटुवाल , गीताञ्जली कन्स्ट्रक्सनका जीवनकुमार दास प्रहरी हिरासतमा छन् । त्यस्तै शिवावश निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ भीषण कन्स्ट्रक्सन टंककुमार श्रेष्ठ , चुपर निर्माण सेवाका अमृत बोहरा , ईन्कोन प्रालिका स्वदेश पोखरेल , कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगानाले पनि विभिन्न सरकारी ठेक्का ह्याकसँग मिलेर आफ्नो पक्षमा पारेको आरोप लागेको छ ।

    आशिष निर्माण सेवा प्रालिका ऋषिकेश गौली र ती निर्माण व्यवसायीहरूले ह्याकरलाई कमिसनबापत  दिएको पैसा क्रिप्टोमा लगानी गरेको देखिए पनि भास्कर राज अर्याल पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    पूर्व मन्त्री पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सन महेन्द्र राजमार्ग अन्तरगत पथलैया क्षेत्रको बागमती पुल निर्माणका लागि ६७ करोड ५४ लाखमा हालेको ठेक्का अन्तिम समयमा आएर ६० करोडमा प्राप्त गरेका थिए । एउटै ठेक्कामा प्रस्ताव गरेको भन्दा करिब ७ करोड फरक पर्ने गरी कागजात फेरबदल गरिएको हो ।

    अनलाई ठेक्का प्रक्रियामा कागजात हेरफेर गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ ।

    Imagekhabar bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij