शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

रौतहटमा आफ्ना बुबाको हत्या गरेर फरार रहेका १ जना १८ बर्षपछि पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३



  • बिनिता शर्मा,काठमाडौ । प्रहरीले रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई चितवनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साबिक जयनगर गाविस-४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्याको मुख्य कारण ऋण र जग्गा विवाद देखिएको छ। अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लिएका थिए।अड्डा अदालतमा जग्गा खिचोला सम्बन्धी मुद्दा समेत चलिरहेको थियो।मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरेर विपक्षीहरूलाई ‘ज्यान मुद्दा’ मा फसाउने योजना बनाएका थिए ।

    विपक्षीहरू जेल गएमा ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने उनको दाउ थियो ।

    हत्यापछि शंका लाग्ने डरले राम विलास स–परिवार फरार भएका थिए। प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास जारी राख्ने क्रममा उनलाई १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनबाट पक्राउ गरेको हो।

    पक्राउ परेका महतो माथि थप कानुनी प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता DSP विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij