शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

अफ्रिकाका ५३ देशमा भन्सार शुल्क हटाउने चीनकाे घोषणा

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३



  • एजेन्सी । चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो कदम चालेको छ।

    चीनले शुक्रबारदेखि एस्वाटिनी बाहेक सबै अफ्रिकी देशहरूबाट आउने सामानमा लाग्ने कर (भन्सार शुल्क) हटाउने घोषणा गरेको हो। अब ५३ अफ्रिकी देशहरूलाई अब शून्य–ट्यारिफ सुविधा लागू हुनेछ । यसअघि नै चीनले सन् २०२४ डिसेम्बरसम्म ३३ वटा अति कम विकसित अफ्रिकी देशहरूका लागि ड्युटी–फ्री नीति लागू गरिसकेको थियो। नयाँ निर्णयसँगै अब यो सुविधा अझ विस्तार भएर ५३ देशमा लागू हुने भएको छ। यो व्यवस्था सन् २०२८ अप्रिल ३० सम्म कायम रहने बताइएको छ।

    चीनले आफू अफ्रिकालाई एकतर्फी रूपमा शून्य–कर सुविधा दिने पहिलो ठूलो अर्थतन्त्र भएको दावी गरेको हाे। तर केही विश्लेषकहरूले भने यसलाई चीनले आफ्नो ‘सफ्ट पावर’ विस्तार गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्।

    उनीहरूको भनाइमा, अफ्रिकी देशहरूका लागि मुख्य समस्या कर मात्र नभई उत्पादन क्षमता, पूर्वाधार र व्यापार सन्तुलनसँग पनि जोडिएको हाे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij