शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

बाह्र राशिको राशिफल: जान्नुहोस् आजको दिन कुन राशिका लागि कति शुभ?

  • प्रकाशित मिति : शनिबार, बैशाख १९, २०८३



  • मेष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी फाइदा हुनेछ । साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ । आफन्तलाई बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    वृष : दिन सामान्य छ । बोलीको प्रभावले राम्रा काम बन्नेछन् । धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ । विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ । प्रेम सम्बन्ध दीर्घकालीन बन्नेछ ।

    मिथुन : दिन राम्रो छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ । मनमा उत्साह बढ्नेछ । मिहिनेतको फल मिल्नेछ ।

    कर्कट : हरेक काममा जोगिएर काम गर्नु उचित हुन्छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ । परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ । स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ ।

    सिंह : दिन राम्रो छ । आज पठनपाठनमा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ । दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला उचित हुन्छ ।

    कन्या : शुभ समाचार सुन्नाले मन प्रसन्न हुने छ । विशेष ठाउँमा घुमफिरको योजना तय हुनेछ । व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ ।

    तुला : थोरै लगानी भए पनि शिक्षाबाट फाइदा हुनेछ । विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन् । बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ । परिवारमा केही खटपटी आउनेछ । दाम्पत्य जीवन भने सुखमय बन्ला ।

    वृश्चिक : आज जोगिएर काम गर्नुपर्ने छ । मनमा कुरा खेल्नाले खटपटी हुनेछ । खर्च गर्दा सचेत बन्नु उचित हुन्छ । अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

    धनु : स्वास्थ्यले साथ दिने छ । गोपनीयता कायम गर्नुपर्नेछ । दाम्पत्य जीवनमा झगडा हुने दिन छ । शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने छ । मिहिनेतको फल मिल्नेछ ।

    मकर : संचित धन खर्च हुनेछ । सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानी सामान्य रहेको छ । पढाइमा आलश्य बढ्नेछ । पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन् ।

    कुम्भ : सानातिना कुराले मनमा उत्साह बढ्नेछ । हरेक काममा साथीले साथ दिनेछन् । राज्यको तर्फबाट सहयोग मिल्नेछ । धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।

    मीन : स्वास्थ्यमा सुधार हुनेछ । बोल्नुअघि सोच्नु राम्रो हुनेछ । धार्मिक कार्यमा मन जानेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij