शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

चोरेर अमेरिका लगेको मूर्ति आसनमै फिर्ता

  • प्रकाशित मिति : शनिबार, बैशाख १९, २०८३



  • चोरेर अमेरिका पुर्‍याएको मूर्ति आसनमै फर्काइएको छ।

    काठमाडौँ महानगरपालिका-२३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको बुद्धको मूर्तिलाई आसनमा फर्काइएको हो।

    शुक्रबार बुद्ध जयन्तीको अवसर पारेर मूर्तिलाई आसनमा फर्काइएको काठमाडौं महानगरले जनाएको छ।

    मूर्ति २०७८ फागुन १८ गते नै नेपाल फिर्ता ल्याइएको थियो। त्यतिबेला चोरी भएपछि यो मूर्ति अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको थियो।

    पुरातत्व विभाग, नेपाल सम्पदा अभियानीहरूको सक्रियतामा मूर्ति फिर्ता गरी राष्ट्रिय संग्रहालयमा राखिएको थियो।

    मूर्तिलाई पहिलेकै स्थानमा फिर्ता ल्याउनका लागि महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पहल गरेकी थिइन्।

    डंगोलसहित वडा-२३ का वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, पुरातत्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठीयार अमर शाक्य, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी वैशाख १७ गते संग्रहालय गएका थिए।

    प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयका प्रमुखअरुणा नकर्मीले वुद्ध मूर्ति हस्तान्तरण गरेका थिए।

    मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो।

    यसरी राखिएको मूर्ति वैशाख १८ गते वुद्ध जयन्तीको अवसर पारेर विहारको मूल आसनमा पुनःस्थापित गरिएको हो।

    बाजागाजासहित मूर्तिलाई हनुमानढोकाबाट बिहार पुर्‍याइएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij