शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

अमेरिकी दबाबबीच बालेन–सर्जियो गोर भेटको चर्चा, काठमाडौँमा गतिविधि बढ्यो

  • प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३



  • काठमाडौँ। अमेरिकी अधिकारी सर्जियो गोरको काठमाडौँ बसाइ लम्बिएको र आज गोप्य भेटघाटको तयारी भइरहेको चर्चाले नेपालको राजनीतिक वृत्त र कूटनीतिक वृत्तलाई तताएको छ। स्रोतका अनुसार, हिजो राति दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको गोरले आफ्नो यात्रा लम्ब्याएर अझै काठमाडौँमै रहेका छन्।

    उता, प्रधानमन्त्री बालेन साहमाथि गोरसँग भेटघाट गर्न नेपालस्थित अमेरिकी अधिकारीहरूले दबाब बढाएको बताइएको छ। आजै गोर र बालेनबीच प्रधानमन्त्रीको सरकारी निवास वा कुनै होटेलमा गोप्य भेट हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

    स्रोतहरूका अनुसार, अमेरिकी पक्षबाट बालेनलाई भेटका लागि निरन्तर दबाब दिइँदै आएको छ। यसबीच, बालेन यस्तो दबाबलाई सामना गर्न कठिनाइमा परेको सङ्केत पनि देखिएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन। बालेनको सचिवालय वा अमेरिकी दूतावासले पनि यस विषयमा कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अमेरिकी अधिकारी गोरसँग भेट गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij