शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

३१ जना फरार प्रतिवादी पक्राउ

  • प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३



  • जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तिब्र बनाएको छ । अभियान अन्तर्गत पछिल्लो ७ दिनमा विभिन्न मुद्दामा फरार रहेका ३१ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी चेक अनादर मुद्दाका १३ जना रहेका छन् । कुटपिट मुद्दाका ५ जना छन् ।

    बाँकी प्रतिवादीहरू चोरी, लागूऔषध तथा वनसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको थियो ।

    सोही अभियानअन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सबैलाई सम्बन्धित अदालतमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । साथै, फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij