शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

जुम्लाका किसानलाई अनुदानमा मिनीटिलर वितरण

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • जुम्ला । परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ ।

    कृषि उद्यमीलाई मर्मतसम्भारको तालिमसहित मिनीटिलर वितरण गरिएको हो । तालिमसहित पहिलो चरणमा सोमबार मिनीटिलर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनीटिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।

    किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा पाँच महिला र १५ पुरुषलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको कार्यालय प्रमुख शाहीको भनाइ छ । व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनीटिलर वितरण गरिएको हो । यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख शाहीले बताए ।

    व्यावसायिक खेती गर्दै आएका किसान र कृषि उद्यमीलाई उक्तमिनिटिलर हलो उपलब्ध गराइएको हो । किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको छ ।

    कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि खेतीपाती गर्न सहज हुने भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij