प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
पोखरा र नारायणघाटमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रालिले सोमर्सबी एप्पल साइडर आज इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक भव्य समारोहका बीच बिक्री थालनीको घोषणा गरेको छ ।
समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु, सरोकारबालाहरु, ग्राहकहरु र पत्रकारहरुको सहभागिता थियो ।
सोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५% अल्कोहलको मात्रा छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता हो । यो पूर्णतया प्रात्रृmतिक तत्वले बनेको र यसमा कुनै त्रृmतिम स्वाद र रङ मिसाइएको छैन ।
काठमाडौं, पोखरा र नारायणघाट पछि नेपालको पूर्वी क्षेत्रमा इटहरीबाट बिक्री वितरण थालनी गरिएको छ र निकट भविष्यमा नेपालका अरु विभिन्न शहरहरुमा पनि पु¥याइने छ ।
साइडर नेपाली बजारको लागि नौलो प्रस्तुती भएतापनि नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संवाहक बन्दै गएको छ । सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त छ । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ ।
काल्सवर्ग समूहले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको र यसले निरन्तर सफलता पाउँदै आएको बताउँदै अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको बताए । एसियामा सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया, थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो ।
अहिले डेनमार्कमा यसले सबैभन्दा बढी बजार अंश लिएको छ भने नर्वेमा दोश्रो स्थानमा रहेको छ । सोमर्सबी एप्पल साइडर विश्वमा विभिन्न स्वादमा उपलब्ध छ र एप्पल सबैभन्दा बढी लोकप्रिय छ । यसले आफ्नो उत्कृष्टताका कारण विश्वभर प्रतिष्ठा कमाएको छ ।
नेपालमा पनि सोमर्सबी एप्पल साइडर उपभोक्ता माझ लोकप्रिय बन्दै गएको छ । हाल सोमर्सबी एप्पल साइडर २५० मिलीग्राम प्रतिबोतल मूल्य रु. एक सय कायम गरिएको छ र यो १२ बोतलको कार्टनमा उपलब्ध छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij