शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सहमतिको आठ घण्टामै इजरायलले तोड्यो लेबनानसँगको युद्धविराम

  • प्रकाशित मिति : शनिबार, असार ६, २०८३



  • वाशिंगटन डीसी । इजरायल र हिजबुल्लाहले शुक्रबार गरेको युद्धविरामको सहमति इजरायलले तोडेको छ । सहमति गरेको त्यसको ८ घण्टापछि नै इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको हो ।

    अल जजीराका अनुसार इजरायली सेनाले नाबाहिता क्षेत्रमा ड्रोन र तोपखानाबाट आक्रमण गरेको हो । जसमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले आफ्नो सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । उनले भने कि इजरायलले गाजा र लेबनानमा आफ्नो सैन्य कारबाही जारी राख्नेछ ।

    अर्कोतर्फ सीएनएनका अनुसार विशेष दूत स्टिव विटकफ अमेरिका र इरान बीचको शान्ति सम्झौतापछि थप सर्तहरू वार्ता गर्न शनिबार स्वीट्जरल्याण्ड गएका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि यस वार्तामा सामेल हुन सक्छन् । इरानका विदेशमन्त्री अब्बास अराघची पनि आज यो वार्तालापको लागि स्वीट्जरल्याण्ड पुग्न सक्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij