मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

ट्रम्पको धम्कीपछि इरानमाथि निरन्तर हवाई आक्रमण

  • प्रकाशित मिति : बिहिबार, असार २५, २०८३



  • तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि अमेरिकाले इरानमाथि निरन्तर हवाई आक्रमणलाई जारी राखेको छ । ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनको क्रममा युद्धविराम समाप्त भएको घोषणा गर्दै अमेरिकाले इरानमाथि अर्को ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।

    गत फेब्रुअरीदेखि जारी युद्ध गत साता युद्धविराम गरी नयाँ शिरामा गएको थियो । तर एकाएक ट्रम्पले युद्धविराम समाप्त भएको भनेसँगै आक्रमण तीव्र पारिएको छ ।

    कोनारक र चाबहार लगायत धेरै इरानी सहरहरूमा अमेरिकी सैन्य हवाई आक्रमण जारी छ। यसअघि मंगलबार पनि अमेरिकाले ८० भन्दा बढी इरानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो।

    अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, यो कारबाही होर्मुजमा जहाजहरूमाथि भएको आक्रमणको प्रतिक्रियामा गरिएको हो।

    ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनको क्रममा भनेका थिए कि अमेरिकाले इरानमाथि अर्को ठूलो आक्रमण गर्न सक्छ। उनले भनेका थिए “हामीले हिजो राति उनीहरूमाथि धेरै कडा आक्रमण गर्यौं र सम्भवतः आज राति फेरि आक्रमण गर्नेछौं। इरानले मध्य पूर्वमा दबाब दिइरहेको छ, तर अब त्यस्तो हुनेछैन।”

    इरानले मंगलबार हर्मुज जलमार्गमा  तीन वटा जहाजहरूलाई निशाना बनाएको थियो। ती जहाजमा आगलागी भएको थियो । इरानले भन्यो कि आक्रमणहरू गरिएको थियो किनभने व्यावसायिक जहाजहरूले हर्मुज हुँदै उनीहरूले तोकेका मार्गहरू पछ्याइरहेका थिएनन्।

    बहराइनमा इरानी आक्रमणको डर
    बहराइनमा इरानी आक्रमण हुन सक्ने त्रास बढेको छ । बहराइनको गृह मन्त्रालयले चेतावनीको साइरन बजाइएको बताएको छ ।

    उसले नागरिक र बासिन्दाहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

    बहराइनमा ठूलो अमेरिकी सैन्य अड्डा छ।

    अमेरिकी हवाई हमलापछि इरानले लेख्यो संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र

    इरानी समाचार एजेन्सी आईआरआईबीका अनुसार इरानले हालैका अमेरिकी आक्रमणहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) का अध्यक्ष र संयुक्त राष्ट्र महासचिवलाई छुट्टाछुट्टै पत्र पठाएको छ।

    संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत र स्थायी प्रतिनिधि अमिर सईद इरावनीले संयुक्त राज्य अमेरिकाले फेरि एक पटक इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता विरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरेको बताएका छन् । उनले यो आक्रमण संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन भएकोसमेत बताएका छन् ।

    अमेरिकी हवाई हमलामा रेलवे पुल ध्वस्त भयो
    इरानको समाचार एजेन्सी आईआरआईबीका अनुसार अमेरिकी सेनाले गोलस्तान प्रान्तको अक्काला सहर बाहिर रेलवे पुलमा बम विस्फोट गराएको छ।

    स्थानीय समय अनुसार बिहान १:३० बजे अक टेके खान पुलमा सातवटा बम खसेका थिए, जसका कारण रेलवे ट्र्याकमा विस्फोट भएको थियो।

    यता एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएअनुसार ट्रम्पले नाटो शिखर सम्मेलनमा भाग लिइरहेको बेला इरानले होर्मुजमा आक्रमण गरेको कारणले आक्रमण गरेका थिए । इरानको प्रारम्भिक आक्रमणको समयले ट्रम्पलाई रिसाएको थियो।

    युद्धविराम समाप्त भएपछि तेलको मूल्य बढ्यो
    अमेरिका र इरान बीचको युद्धविराम समाप्त भएको खबरपछि विश्वव्यापी रूपमा तेलको मूल्य बढ्दै गएको छ।

    ब्रेन्ट कच्चा तेलको मूल्य ५.८ प्रतिशतले बढेर प्रति ब्यारेल ७८.४३ डलर पुगेको छ। संयुक्त अधिराज्यको एफटीएसई १०० सूचकांक १.६६ प्रतिशतले घटेको छ, र युरोपेली स्टक्स ६०० पनि १.६१ प्रतिशतले घटेको छ।

    बजार बन्द हुँदा, जर्मनीको ड्याक्स २.३ प्रतिशत र फ्रान्सको सीएसी २.१८ प्रतिशतले घटेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.