शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास: मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण

  • प्रकाशित मिति : बुधबार, असार ३१, २०८३



  • काठमाडौं। बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज  (बुधबार) देखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण सुरु गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो ।

    नेपाल आयल निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ ।

    आपूर्तिमा सुधार र उच्च मागको सम्बोधन

    विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङको अवस्थामा उल्लेख्य सुधार आएको छ ।

    यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो । यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ ।

    मूल्य दुई हजार ६० रुपैयाँ कायम

    निगमले भरी सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ । अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ (रु. २,०६०) मा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन् ।

    उद्योगमन्त्री यादवको सक्रियता र निर्देशनपछि चालिएको यो कदमले बजारमा माग बढ्ने समयमा उपभोक्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । निगमले बजारमा ग्यासको अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई समेत तीव्र बनाउने संकेत दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij