मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

आजको राशिफल

  • प्रकाशित मिति : शनिबार, साउन २, २०८३



  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    दिन राम्रो छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। डुब्न लागेको धन हात लाग्न सक्छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरिएको लगानीले दूरगामी फाइदा दिनेछ। पारिवारिक वातावरण र स्वास्थ्यमा सुधारका संकेतहरू देखिनेछन्।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    विदेशी रमझम र बाह्य वातावरणले तपाईंको मन आकर्षित गर्नेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए कार्य सहज रूपमा अघि बढ्नेछ। राजनीतिमा गरिएको सहकार्यका कारण संगठनमा राम्रो पहुँच रहनेछ। स्वास्थ्यमा भने केही समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    दिन राम्रो छ। आज उच्च पदका व्यक्तिहरूसँगको भेटघाटले मनमा उत्साह थप्नेछ। दीर्घकालीन योजनाहरू बन्नेछन्। राज्यको माथिल्लो निकायबाट पनि तपाईंलाई राम्रो साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा भने थप मिहिनेत गर्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    दिन राम्रो छ। आज गरिएको प्रयासबाट सम्पत्ति कमाउने नयाँ र प्रशस्त बाटाहरू भेटिनेछन्। तर, बोल्दा ख्याल नगरे समस्या आउन सक्छ। शिक्षामा गरिएको प्रयास सफल हुनेछ। धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज समाजमा मानसम्मान प्राप्त हुने योग छ। शिक्षामा गरिएको लगानीले उत्साह जगाउनेछ। पारिवारिक रूपमा केही समस्या आउन सक्ने भएकाले संयम रहनुहोला। आफ्ना कुराहरूमा गोपनीयता कायम राख्नु राम्रो हुनेछ। अभिभावक संस्था वा अग्रजको सहयोगमा गरिएको लगानीले लाभ दिनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    दिन सामान्य रहेको छ। बातचीत गर्दा शब्दहरूको चयनमा ध्यान दिनुहोला। शिक्षाको क्षेत्रमा केही ढिलासुस्ती हुन सक्छ। स्वास्थ्यले साथ दिनेछ र परिवारमा मेलमिलापको वातावरण बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    दिन निकै राम्रो छ। आज कुनै नयाँ र शुभ कार्यको थालनी गर्ने अवसर मिल्नेछ। परिवारमा घुमघाम वा यात्राको योजना बन्न सक्छ। शिक्षामा गरेको प्रयासले नाम र दाम दुवै दिलाउनेछ। विपक्षी ठानेका व्यक्तिहरूबाट नै सहयोग मिल्नेछ, जसले गर्दा मन प्रसन्न रहनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज कुनै शुभ वा हर्षबढाइँको समाचार सुन्न पाइनेछ, जसले मन हर्षित बनाउनेछ। शिक्षाको क्षेत्रमा गरिएको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिक क्षेत्रमा उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाटले मनमा शान्ति र ऊर्जा मिल्नेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    दिन राम्रो रहेको छ। पुराना साथीभाइहरूसँगको भेटघाटले नयाँ कार्ययोजनाहरू बन्नेछन्। विपक्षीहरू आफूभन्दा बौद्धिक देखिन सक्ने भएकाले थोरै र सोचेर मात्र बोलेर अघि बढ्नु उचित हुनेछ। परिवारको राम्रो साथसहयोग मिल्नेछ तर स्वास्थ्यमा केही समस्या आउन सक्छ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    दिन सामान्य छ। सञ्चित गरिराखेको धन खर्च हुने सम्भावना छ। अनावश्यक र निरर्थक यात्राहरू हुन सक्छन्। पारिवारिक सम्बन्ध सुमधुर रहे पनि राजनीतिक क्षेत्रमा भने ठगहरू सक्रिय रहेकाले सावधान रहनुहोला। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा समस्या आउन सक्छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज कुनै यात्रामा सहभागी हुने राम्रो अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरिएको पूर्व लगानी वा मिहिनेतबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक वा व्यावसायिक कुराकानी गर्दा सचेत रहनुहोला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आफ्नो मूल्याङ्कन आफैँले गर्नुपर्ने दिन छ। सञ्चित धन खर्च हुन सक्छ र स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ। शिक्षाको क्षेत्रमा भन्दा वैदेशिक रोजगार र व्यापार व्यवसायमा बढी आम्दानी हुनेछ। घरका अग्रजहरूको सल्लाह लिएर मात्र कामको थालनी गर्नुहोला। पारिवारिक मेलमिलाप कायम रहनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.