शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अर्थमन्त्री वाग्ले भन्छन् -पूँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यक

  • प्रकाशित मिति : मङ्लबार, साउन १२, २०८३



  • काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पूँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।

    उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उनको भनाइ थियो ।

    अर्थमन्त्री वाग्लेले  बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानून निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न आग्रह गरे । उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए ।

    बोर्डका अध्यक्ष डा गोपाल भट्टले पूँजीबजार विकासको ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन शुरू गरिएको जानकारी दिए । उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आईपीओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ भने सरोकारवालासँग परामर्शपछि ती व्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ ।

    सोमबार अर्थमन्त्री वाग्लेलगायतको उच्चपदस्थ टोलीले बोर्डको स्थलगत निरीक्षण गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij