आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको तीन लाख नाघ्यो

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०८३



  •  काठमाण्डौ ।   कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।

    गएको बुधबारयता सुनको भाउ निरन्तर बढेको छ । बुधबार चार हजार २०० रुपैयाँले, बिहीबार एकैदिन आठ हजार रुपैयाँले र शुक्रबार ९०० रुपैयाँले बढेको थियो ।  यस्तै, आज चाँदीको भाउ बढेको छ । अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा ६५ रुपैयाँले बढेको हो । महासंघकाअनुसार चाँदी आज तोलाको चार हजार ६४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij