प्रकाशित मिति : आइतवार, साउन ३१, २०८३
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा ती सवारीसाधनहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी हाँक्ने १६८, मादक पदार्थ सेवन (मापसे) गरी चलाउने ८३, सीसीटीभीमार्फत पहिचान भएका ६६, रेड लाइट उल्लंघन गर्ने ५५, हर्न निषेध नियम उल्लंघन गर्ने ७, लेन अनुशासन पालना नगर्ने ४ र सवारीको यान्त्रिक अवस्था ठीक नभएका २० वटा रहेका छन्।
त्यसैगरी, वन वे (एकतर्फी सडक) नियम उल्लंघन गर्ने ४ र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४२० वटा सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकामा सडक अनुशासन कायम राख्न तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा चेकिङ र कारबाहीको अभियानलाई तीव्रता दिँदै आएको प्रहरीको भनाइ छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij