मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग भारतका प्रधानसेनापति धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा समकक्षी सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।

    सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ।

    सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । सेठ बुधबार फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा
    सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ
    परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
    भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
    सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ
    प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट
    मोरङमा  सशस्त्र प्रहरीद्वारा  ३५ लाख बढीको अबैध सामान पक्राउ
    सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
    DIGP शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij