मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  • काठमाडौं। प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन्।

    बैठकमा सांसद तामाङले यसअघि उठाएका विभिन्न विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए। मन्त्रीको जवाफमा चित्त नबुझेपछि सांसद तामाङले थप प्रश्न गर्नका लागि समय माग गरेकी थिइन्।

    तर, सभामुख अर्यालले संसद्को नियमावलीको व्यवस्था स्मरण गराउँदै मन्त्रीको जवाफमाथि थप प्रश्न गर्ने वा स्पष्टीकरण लिने व्यवस्था नरहेको जानकारी गराएका थिए। सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायमै राखेकी थिइन्।

    स्थिति असहज बन्दै गएपछि सभामुखले संसद्को गरिमा र संसदीय मर्यादाको पालना गर्न सांसद तामाङलाई सचेत गराएका थिए। सभामुखबाट बोल्ने समय प्राप्त नभएपछि सांसद तामाङ बैठक कक्षबाट बाहिरिएकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा
    सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ
    परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
    भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
    सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ
    प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट
    मोरङमा  सशस्त्र प्रहरीद्वारा  ३५ लाख बढीको अबैध सामान पक्राउ
    सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
    DIGP शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij