शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३



  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।

    सांसद तामाङले आफूहरू कुनै चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद्मा आएको स्पष्ट पारिन्।

    उनले भनिन्, ‘माननीयज्यूले हामी चिठ्ठामा परेर आएको भन्नुभयो। उहाँले प्रमाण दिनुप¥यो। जनताले जिताएर आएको हौँ कि चिठ्ठामा परेर आएको हो, प्रमाणसहित भन्नुप¥यो।’

    उनले आफूहरूलाई जनताले निर्वाचित गरेर संसद्मा पठाएको भन्दै सांसद सिद्धिकीको अभिव्यक्तिको शैलीप्रति समेत प्रश्न उठाइन्।

    ‘यो शैली हो तपाईंहरूको ? तपाईंहरू जसरी आउनुभएको हो, त्यसरी नै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ उनले भनिन्।

    सांसद तामाङले सांसद सिद्धिकीले दिएको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत माग गरिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij