बुधबार, भदौ १०, २०८३ | Wednesday 26th August 2026

अस्ट्रेलियामा टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ र एनटी स्ट्राइक्सबीच पहिलो भिडन्त

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०८३



  • काठमाडौँ। अस्ट्रेलियाको डार्विनस्थित डीएक्ससी एरेनामा जारी ‘टप एन्ड टी-२० सिरिज’ अन्तर्गत नेपाल ‘ए’ टोलीले आज आफ्नो पहिलो खेलमा आयोजक नर्थन टेरिटोरी (एनटी) स्ट्राइक्सको सामना गर्दैछ। अनिल शाहको कप्तानीमा मैदानमा उत्रिने नेपाली टोलीका लागि यो खेल अस्ट्रेलियाली पिचमा आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।

    आज नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट सुरु हुने यस खेलमा एनटी स्ट्राइक्सको नेतृत्व अनुभवी खेलाडी डार्सी शर्टले गरिरहेका छन्। एनटीको टोलीमा डार्सी शर्टका साथै बिग ब्यास लिगका चर्चित खेलाडीहरू जोर्डन सिल्क, वेस एगर, टम मेन्जिज लगायतका उच्चस्तरीय खेलाडीहरूको सहभागिता रहेको छ। गत संस्करणको प्रतिस्पर्धामा नेपाल एनटी स्ट्राइक्ससँग ४२ रनले पराजित भएको पृष्ठभूमिमा आजको खेलमा नेपाल अघिल्लो नतिजालाई उल्टाउँदै सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ।

    प्रतियोगितामा लगातार दोस्रो पटक सहभागिता जनाएको नेपालले यस सिरिजभर एनटी स्ट्राइक्स, बंगलादेश हाई-परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियासहित कुल ६ वटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ। विभिन्न अन्तर्राष्ट्रिय तथा अस्ट्रेलियाली घरेलु टोलीहरू विरुद्धको यो प्रतिस्पर्धाले नेपाली खेलाडीहरूलाई फरक शैली र उच्च स्तरको क्रिकेटको अनुभव बटुल्न ठूलो मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij