शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै,बैठकमा स्थानीय तहकाे निर्वाचन र सांगठनिक व्यवस्थापनसहितका अन्य विविध विषयमा छलफल गरिंने

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०८३



  • काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ।

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार बिहान ११ बजेदेखि बैठक शुरु हुने महामन्त्री विपिनकुमार आचार्यले बताउनुभएकाे हाे । बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा र साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी विषयमा छलफल हुने भएकाे छ।

    त्यस्तै, केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा, पदाधिकारी मनोनयन सम्बन्धमा, सचिवालय सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुने रास्वपाले जनाएकाे हाे।

    केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने भएकाे छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij