शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पत्रकारको क्यामेराबाट प्रधानमन्त्रीको भिडियो सेनाले गर्‍यो ‘डिलिट’

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०८३



  • पोखरा/ पोखरामा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भिडियो उनको सुरक्षार्थ खटिएको नेपाली सेनाले पत्रकारको क्यामराबाट हटाएको छ । आइतबार मुस्ताङबाट फर्किएपछि पोखरा-१४ मा रहेको मझेरी मन्जिल रिसोर्टमा बसेका प्रधानमन्त्री शाहको भिडियो मेरो साथी टीभी डटकमका पत्रकार सुरेश सुनारले आफ्नो क्यामेरामा कैद गरेका थिए ।

    विजयपुर खोलानजिकै रहेको रिसोर्टको पारिपट्टिबाट आफूले भिडियो खिचिरहेको देखेपछि सेना गाडी लिएर आएको र क्यामेराबाट भिडियो हटाउन लगाएको सुनारले बताए । ‘रिसोर्ट परिसरमा बाहिर बसिरहेको भिडियो खिचेको थिएँ,’ उनले भने, ‘मेरो क्यामेरामा खिचिएको भिडियो हेर्दै एक–एक गर्दै डिलिट गर्न लगाइयो ।’ यसअघि रिसोर्टको गेटअघिबाट भिडियो खिच्न नदिएपछि पारिपट्टिबाट भिडियो खिचेको र सेनाले ‘निजी भ्रमण’ भन्दै भिडियो हटाउन लगाएको उनले बताए । उनले भने, ‘सेनाले त्यस्तो गर्नु हुँदैनथ्यो ।’

    सेनाकै सुरक्षामा शुक्रबार प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टिमसहित पोखरा आएका थिए । मुस्ताङ जाने क्रममा उनी एक रात पोखरा नजिकैको माछापुच्छ्रे गाउँपालिकाको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज लजमा बास बसेका थिए । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री खडकराज पौडेल (गनेस) पनि सँगै थिए । प्रधानमन्त्री पुग्नुअगावै सेनाको एक टोली इको भिलेज पुगेर सुरक्षामा खटिएको थियो । सेनाले लजका कर्मचारी र सञ्चालकलाई परिचयपत्रका आधारमा प्रवेश दिएको थियो भने अन्यलाई आउजाउ गर्न रोक लगाएको थियो । सञ्चारकर्मीलाई लजभन्दा आधा किलोमिटर वरै रोकिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij